बुटवल । अविरल वर्षाको कारण रुपन्देही जिल्लाका विभिन्न स्थानहरु डुबानमा परेका छन । पुर्वपश्चिम राजगमार्ग अन्तरगत रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको कलौनी , मुर्गिया, कालिकाचोक , रानीबगियामा सडक क्षेत्र डुबानमा परेको छ । कलौनीमा मुख्य राजमार्ग दिनभर खोला जस्तै बनेको थियो । मेघाहा तालबाट आएको पानीले निकास पाउन नसक्दा दिनभर मुख्य सडकनै खोला जस्तै बनेको स्थानीयले बताएका छन । राजमार्ग नै खोला बन्दा दुर्घटनाको जोखिम बढेको सैनामैना कलौनीका स्थानीय नरबहादुर घर्ती मगरले बताउनु भयो ।
कलौनीमा बस्ती बढ्दै जाँदा पानीले उचित निकास पाउन नसक्दा वर्षेनी सडकनै खोला बन्ने गरेको स्थानीय एकदेव पौडेलको भनाई छ । वर्षेनी यस क्षेत्रमा डुबान हुने गरेपनि स्थानीय सरकारले ध्यान नदिएको उहाँको भनाई छ ।
सडकनै खोला बनेपछिसैनामैना नगरपालिकाले विद्यालयमा बिदा समेत दिएको थियो । यस्तै अविरल वर्षाले रामापुर कलौनी क्षेत्रका केही घर र धान खेत समेत डुबानमा परेको छ ।