बुटवल । नेपाल विद्युत प्राधिकरणको ३९ औं स्थापना दिवसको अवसरमा बुटवलमा विद्युतीय सवारी साधनको ¥याली निकालिईएको छ । नेपालमा विद्युतीय गाडीलाई प्रबद्धन गर्ने उद्देश्यका साथमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको आयोजनामा ¥याली निकालिईएको हो ।
कालिकानगरबाट निस्किएको सवारी साधनको ¥याली तीनकुने चोक, मिलनचोक, हस्पिटल लाईन , ट्राफिक चोक, गोलपार्कबाट घुम्दै फेरि मणिग्राम चोकबाट घुमेर प्रदेश कार्यालयमा आएर समापन भएको थियो ।
नेपालमा विद्युतीय सवारी साधनको आकृषण बढेपनि चार्जिङ् स्टेशनको समस्या रहेको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख हरिप्रसाद पाण्डेयले बताउनु भयो ।
चार्जिङ स्टेशन सञ्चालन गर्नेलाई प्राधिकरणले सबसिटी पनि दिँदै आएको पाण्डेयले बताउँदै चार्जिङ स्टेशन राख्नेलाई प्राधिकरणले २०० केभिएको ट्रान्सर्फमर उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । विश्वनै अहिले विद्युती सवारी साधनको प्रयोगमा गईरहेको बेला नेपालमा पनि विद्युतीय गाडी भित्रिने क्रम बढिरहेकोले निजी क्षेत्रलाई चार्जिङ स्टेशनमा लगानी गर्नको लागि उहाँले आग्रह गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाका प्रमुख सुरज गौतमले प्राधिकरणले चार्जिङ् स्टेशन बृद्धि, गुणस्तरिय भोल्टेज र सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने कुरामा संवेदनशिल रहेको बताउनु भयो । विद्युत प्राधिरणले विद्युतीय सवारी धनी तथा ब्यवसायीसँग सहकार्य गरेर अघि बढ्न चाहेको उहाँले बताउनु भयो ।
विद्युतीय गाडीको प्रयोगले धनीले सर्वसुलभ मूल्यमा यात्रा गर्न पाएपनि चार्जिङ स्टेशन र समयमानै जार्च नुहेन समस्या रहेको गुनाशो पोखेका छन ।