बुटवल । रुपन्देहीको सैनामैना १० सालझण्डीका चेतबहादुर सारु ( सारु कान्छा) ले विगत ४ वर्षदेखि सर्प उद्धार गर्दै आउनु भएको छ । सर्पउद्धारको तालिम लिए पछि उहाँले सर्प उद्धारमा लाग्नु भएको हो । सारुले सर्पबाट बचौं र बचाउ भन्ने जनचेतना समुदायमा फैलाउँदै आउनु भएको छ ।
घर–घरमा पुगेर उहाँले सर्पको उद्धार गरेर उचित बासस्थानमा छाड्दै आउनु भएको छ ।
सर्प उद्धार गर्दा गोमन सर्पले समेत उहाँलाई डसेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार पछि निको भएपछि उहाँ फेरि सर्पको उद्धारमै लाग्नु भएको हो ।
सर्प उद्धार गरे बापत प्राप्त हुने रकमले सारुले गरिब तथा बिपन्न परिवारलाई निःशुल्क रुपमा वितरण गर्दै आउनु भएको छ । आज नागपञ्चमीको अवसरमा सर्पउद्धार कर्ता चेतबहादुर सारुसँग गरिएको यो कुराकानी बाँकी भिडियोमा